हाल ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

हाल ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २६२ जना आईसीयूमा र ४१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

शनिबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ३३ जना आईसीयूमा छन् भने ७ भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी  प्रदेश २ मा ६ जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशमा ७० जना आईसीयूमा र १२ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने  गण्डकी प्रदेशमा ९१ जना आईसीयूमा र ११ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ४८ जना आईसीयूमा  र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा र ४ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ५५ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम