अमेरिकामा हुने तेक्वान्दोमा नेपालका पाँच खेलाडी सहभागी हुँदै « Khabarhub

अमेरिकामा हुने तेक्वान्दोमा नेपालका पाँच खेलाडी सहभागी हुँदै


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ तारिखमा हुने अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउने भएका छन् ।

अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजना र नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक लभ गोर्खालीले मिचिगनमा चलाइरहेको ज्योति एभरेष्ट तेक्वान्दो डोजाङको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिताको १३औँ संस्करण हो । आइओएफटिसीले प्रत्येक दुई वर्षको फरकमा अन्तरराष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।

संस्थाले एकपटक अमेरिकाभित्रका राज्यमा र अर्कोपटक अमेरिका बाहिरका देशमा प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका संस्थापक निर्देशक नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक दिवाकर महर्जनले बताए ।

संस्थाले अमेरिकाको पोर्टल्याण्ड राज्यमा पाँच, नेपालमा चार तथा भारत, बेलायत र हङकङमा एक÷एकपटक प्रतियोगिता आयोजना गरिसकेको छ । मिचिगनमा हुन लागेको १३औँ संस्करणमा नेपाल, अमेरिका, फिलिपिन्स, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ देशका खेलाडीले भाग लिने प्रतियोगिताका संयोजक लभ गोर्खालीले जानकारी दिए ।

पुरुषतर्फ सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट र यसैगरी महिलातर्फ पनि सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट गरी ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने संयोजक गोर्खालीले बताए ।

नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीसमेत छनोट गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार गत कात्तिक १ र २ मा चितवनको रत्ननगरमा भएको तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका पाँच खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका सीतापाइला डोजाङका शैलेशराज गिरी, कोटेश्वर डोजाङका रञ्जीत साउद, मैत्री डोजाङका दिनेश सुनार, सीतापाइला डोजाङकी आयशा तामाङ र कोटेश्वर डोजाङकी सुस्मिता मोक्तान रहेका छन् ।

छनोट भएका खेलाडीलाई जनही रु एक/एक लाख पुरस्कारसमेत दिइएको संयोजक गोर्खालीले बताए ।  झण्डै रु एक करोड २० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको १३औँ संस्करण गर्न १०५ सदस्यीय मूल आयोजक समिति बनाइएको आइओएफटिसीका संस्थापक निर्देशक दिवाकर महर्जनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : २० बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका