विद्युतीय बस खरिदका लागि बैंकहरुले दिएनन् कर्जा « Khabarhub

विद्युतीय बस खरिदका लागि बैंकहरुले दिएनन् कर्जा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारको नीति तथा कार्यक्रममै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने भनिएता पनि बैंकहरुले विजुली बसलाई ऋण दिन हिच्किचाएको पाइएको छ ।

विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायातले बैंकले कर्जा नदिँदा समस्या उत्पन्न भएको बताएको छ । थप बसहरु खरिद गर्नका लागि समस्या भएको उसको भनाइ छ ।

नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नुपर्छ भनि निर्देशन दिँदा पनि बैंकहरुले चासो नदिएको सुन्दर यातायात प्रालिले जनाएको छ ।

नेपालमा पहिलो पटक विद्युतीय सवारी सञ्चालनमा ल्याएको सुन्दर यातायातले विद्युतीय सवारीमा लगानी गर्ने भन्दै पटक–पटक विभिन्न बैंकहरुसँग ऋण माग गरेपनि नपाएको एक विज्ञप्ति जारी गरि जनाएको छ ।

बैंकका सञ्चालकहरुले सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यममा बोल्दा विद्युतीय सवारी साधनमा लगानी गर्छौ भनि ठूलो स्वरमा बोल्छन् त्यस्तै नेपाल सरकारको अर्थमन्त्री ज्यूबाट विद्युतीय सवारीसाधन लगानीमा केही समस्या भए हामीलाइ खबर गर्नस् भनेर भाषण मात्र गर्ने गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको नियमअनसार रही विश्वव्यापी मागअनुसार विद्युतीय सवारी अटो मोवाइल लोनको प्रोसेस अगाडी बढाइदिने शिलशिलामा प्रालिले धितो समेत उपलब्ध गराइदिन्छौ भन्दा पनि लोन लिने कुरामा बंकरहरु मौन छन्’ प्रालिद्धारा सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो गाडीको दैनिक आम्दानीमध्ये तीन हजार खर्च खटाई बाँकी रहेको आम्दानी बैंकलाई बुझाइ ५ वर्षभित्र बैंकले गरेको लगानीको सबै किस्ता भुक्तानी गर्छौ भन्दा पनि लोन दिन मानिरहेको छैन ।’

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १ : २२ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच