पलसँग नाम जोडिएको मन नपराउने आँचल ! « Khabarhub

पलसँग नाम जोडिएको मन नपराउने आँचल !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् ।

आँचलका बारेमा पल खासै नबोले पनि पलका बारेमा भने आँचल प्रायः बोलिरहन्थिन् । पत्रकारले यो क्षेत्रमा सबैभन्दा नजिकको साथी को भनेर सोध्दा आँचलले भन्थिन् – पल शाह ।

केही समययता पल र आँचलको सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको छ । त्यसो त आँचलले केही समयअघि आफ्नो ब्यायफ्रेण्ड शेयर गरेकी थिइन् । उनी यतिबेला उदिप श्रेष्ठसँगको प्रेममा छिन् ।

एक म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा ।

आँचल आफ्नो प्रेमको बारेमा खुलेर बोल्ने गरेकी छिन् । तर, आजकाल उनलाई पलसँग नाम जोडेको मन पर्दैन ।

हालै एक म्युजिक भिडियोको छायांकनमा भेटिएकी आँचललाई पत्रकारले सोधे – पल शाहलाई छोडेर सलोन बस्नेतसँग नाच्दा कस्तो लागिरहेको छ?

उनको उत्तरमा आँचलले भनिन् – हरके प्रश्नमा अब पल जीको कुरा नलिऔं होला । अब मैले अरू कोहीसँग बिहे नै गर्न लागेकी छु भने किन पल जीलाई जोड्ने?

आँचलले पलको नाम सुन्नासाथ मुख बिगारेपछि पत्रकार नै ट्वाँ भएका थिए । पलको नाम सुन्नासाथ कुरा फेरेपछि आँचलले अहिले पलसँग नाम नजोडिएको मन नपराउने स्पष्ट देखिएको छ ।

यता पलले पनि आँचलका बारेमा खासै बोल्ने गरेका छैनन् । आँचल अब उदिपसँग बिहे नै गर्ने योजनामा छिन् ।

कुनै बेला पललाई ‘बेस्ट फ्रेण्ड’ भन्ने आँचलले अहिले भने पलसँग नाम नै नजोडियोस् भन्ने चाहन्छिन् । उनका फ्यान पनि बडा अचम्ममा पर्छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  २ : ५० बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले