देउवालाई सभापति हुनबाट रोक्छौंः महामन्त्री कोइराला « Khabarhub

देउवालाई सभापति हुनबाट रोक्छौंः महामन्त्री कोइराला


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर १४ औं महाधिवेशनमा देउवालाई सभापति हुनबाट रोक्ने बताएका हुन् ।

उनले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताए।

‘देउवाजीसँग पार्टी र मुलुक चलाउने सपना छैन। उहाँ गुटमात्रै चलाउने नेता हो,’ कोइरालाले भने, ‘अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो। फेरि पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिदैन।’

कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको दाबी गरे ।

‘सभापतिको दौडमा म पनि छु,’ कोइरालाले भने।

आफूसँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत सभापतिमा आकांक्षी रहेको उनले बताए। यीमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई सभापति मानेर अगाडि बढ्ने गृहकार्यमा आफूहरु रहेको कोइरालाको भनाइ थियो।

कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको बताए।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ४ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना