सोमबार नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

सोमबार नेप्से दोहोरो अंकले वृद्धि


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले वृद्धि भएको छ । आइतबार उच्च अंकले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.१४ विन्दुले बढेर एक हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कूल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयर रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धि सँगै बजार पूँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु १६ खर्ब २० अर्ब बराबरको रहेको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहका शेयर ओरालो लागेका छन् भने दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बीमा ३९.०१, अन्य ६.९९, जीवन बीमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड चार लाख ५५ हजार ७०६ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९७ लाख १४ हजार १३०, एनआइसि एशिया रु पाँच करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक रु चार करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक रु चार करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक रु चार करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९.८७, चिलिमे जलविद्युत् कम्पनी ८.६७, राधी विद्युत् कम्पनी ८.६७, सेन्ट्रल फाइनान्स ७.६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७.४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.३० प्रतिशतले आर्जन गरे ।

यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.७०, विजय लघुवित्त वित्तीय संस्था ५.४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५.१९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.१९, समिट लघुवित्त वित्तीय संस्था ४.९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ५५ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी