जुका चुर्नाको उपचार गर्ने ५ घरेलु उपाय « Khabarhub

जुका चुर्नाको उपचार गर्ने ५ घरेलु उपाय


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसलाई थाहा नहुन सक्छ, हाम्रो शरीरभित्र पनि विभिन्न प्रकारका परजीविहरु छन् ।

हामीले खाएको पोषणलाई सोसेर परजीविहरु शरीरभित्र जीवित रहने गर्दछन् । यस्ता परजीवि मानव शरीरका लागि हानिकारक हुन्छन् । जसका लागी शरीरभित्रै डेरा जमाएर बसेका यस्ता परजीवि मार्न औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

तर औषधिको अलावा केहि प्राकृतिक खानेकुरा तथा वनस्पती नै शरीरभित्रका परजीवि मार्न उपायोगी मानिन्छन् ।

१. बेसार
बहु औषधिय गुणयुक्त बेसारले शरीरभित्र रहेका परजीवि विशेषतः जुकाहरु मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

२. ल्वाङ
ल्वाङमा क्यारीफ्लेन (Caryophyllene) नामक तत्व पाइन्छ । जसले रगतमा यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ ।

३. लसुन
लसुन प्राकृतिक रुपमा पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ ।

४. फर्सीको बियाँ
फर्सीको बियाँमा क्युकुरविटासिन (Cucurbitacin) नामक तत्व पाइन्छ । यसले शरीरमा भएका परजीवि र तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय पार्ने काम गर्दछ ।

५. मेवाका दाना
मेवाका दानालाई पिसेर सेवन गरेमा शरीरभित्र रहेका परजीवि विशेषतः चुर्नाहरु सहित अन्य परजीवि जुकाहरुलाई मारिदिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ४७ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन