जुका चुर्नाको उपचार गर्ने ५ घरेलु उपाय « Khabarhub

जुका चुर्नाको उपचार गर्ने ५ घरेलु उपाय


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसलाई थाहा नहुन सक्छ, हाम्रो शरीरभित्र पनि विभिन्न प्रकारका परजीविहरु छन् ।

हामीले खाएको पोषणलाई सोसेर परजीविहरु शरीरभित्र जीवित रहने गर्दछन् । यस्ता परजीवि मानव शरीरका लागि हानिकारक हुन्छन् । जसका लागी शरीरभित्रै डेरा जमाएर बसेका यस्ता परजीवि मार्न औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

तर औषधिको अलावा केहि प्राकृतिक खानेकुरा तथा वनस्पती नै शरीरभित्रका परजीवि मार्न उपायोगी मानिन्छन् ।

१. बेसार
बहु औषधिय गुणयुक्त बेसारले शरीरभित्र रहेका परजीवि विशेषतः जुकाहरु मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

२. ल्वाङ
ल्वाङमा क्यारीफ्लेन (Caryophyllene) नामक तत्व पाइन्छ । जसले रगतमा यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ ।

३. लसुन
लसुन प्राकृतिक रुपमा पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ ।

४. फर्सीको बियाँ
फर्सीको बियाँमा क्युकुरविटासिन (Cucurbitacin) नामक तत्व पाइन्छ । यसले शरीरमा भएका परजीवि र तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय पार्ने काम गर्दछ ।

५. मेवाका दाना
मेवाका दानालाई पिसेर सेवन गरेमा शरीरभित्र रहेका परजीवि विशेषतः चुर्नाहरु सहित अन्य परजीवि जुकाहरुलाई मारिदिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ८ : ४७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६