कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द « Khabarhub

कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बै‌कका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द गरिएको छ ।

थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको डीबीएस बैंकलाई उद्दत गदै बीबीसीले जनाएको छ । बैंकमा बुधबारदेखि बिदा दिइएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । यो बैंक मरीना बे पाइनेन्सियल सेन्टरको ४३औँ तलामा रहेको छ।

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएको छ । यसमध्ये १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : १९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत