कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द « Khabarhub

कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बै‌कका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द गरिएको छ ।

थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको डीबीएस बैंकलाई उद्दत गदै बीबीसीले जनाएको छ । बैंकमा बुधबारदेखि बिदा दिइएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । यो बैंक मरीना बे पाइनेन्सियल सेन्टरको ४३औँ तलामा रहेको छ।

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएको छ । यसमध्ये १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : १९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन