चलाउँदा चलाउँदै मेमोरी कार्ड बिग्रियो, यसरी बनाउनोस् « Khabarhub

चलाउँदा चलाउँदै मेमोरी कार्ड बिग्रियो, यसरी बनाउनोस्


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्मार्ट फोन प्रयोकर्ताहरुले खेप्ने गरेको समस्या मध्येको एक हो मेमोरी कार्ड बिग्रीनु ।

कार्डमा धेरैजसो मानिसहरु फोटो, म्युजिक, भिडियो आदि राख्ने गर्दछन् । तर कयौंपटक कार्ड पुरानो हुने बित्तिकै कार्डमा समस्या देखिएर भएको सबै डाटा नै नष्ट हुने खतरा बढ्छ ।

मेमोरी डिटेक्ट नहुँदा फाइल नै ओपन हुँदैन । यस्तो अवस्थापछि प्रयोगकर्ताहरु नयाँ मेमोरी कार्ड किन्ने निर्णयमा पुग्छन ।

तर त्यसलाई आफै बनाउन पनि सकिन्छ । स्मरणीय यो छ कि मेमोरी कार्ड कहिल्यै छिटै बिग्रँदैन् । यदि कार्डमा केहि खराबी आयो भने पनि तपाईँ केहि स्टेपमा नै यसलाई सजिलै बनाउन सक्नुहुन्छ ।

स्क्यानडिस्कको माइक्रोएसडी कार्डमा लाइफ टाइम वारेन्टी रहेको हुन्छ । यदि यस कार्डमा केहि समस्या आएमा सर्भिस सेन्टरमा फ्रिमा बदल्न सक्नुहुन्छ । यदि तपाईँको मेमोरीकार्डमा समस्या आइरहेको छ भने पहिलो काम हो डाटा ब्याकअप लिने ।

किनकि तपाई यदि कार्ड रिपेयर गराउन जाँदै हुनुहुन्छ भने डाटा नस्ट हुन सक्दछ । त्यसैले कार्ड ब्याकअप गर्न नभुल्नुस् ।

पहिलो तरिका

यदि मोबाइलमा कार्ड डिटेक्ट भइरहेको छैन तर कम्प्युटरमा डिटेक्ट भइरहेको छ भने पहिला फोनमा रहेका डाटा ब्याकअप राखेर मात्र फर्म्याट गर्नुपर्छ । तपार्इँ कम्प्युटरसँग कार्डलाई कनेक्ट गरी माई कम्प्युटरमा गएर त्यसमा राइट क्लिक गर्नुहोस र फ्याट ३२ मा फर्म्याट गर्नुहोस् ।

दोस्रो तरिका

कहिलेकाँही कयौं पटक मेमोरी कार्ड कम्प्युटर र मोबाइलमा लगाउँदा देखाउँछ तर भाइरसको समस्याले कार्ड खुल्दैन ।

यस्तोमा सबैभन्दा पहिले कार्डमा कर्सर लैजानुस र राइट क्लिक गर्नुहोस । यहाँ एक्सप्लोरको अप्सन पाइनेछ त्यसैमा क्लिक गर्नुहोस् ।

यसमा तल प्रोपर्टिजको विकल्प पाइने छ, त्यसमा जानुहोस । त्यहाँ एक ट्याब एन्ड टुल्स भन्ने हुन्छ त्यसमा क्लिक गर्नुहोस र चेक नाउ एररमा क्लिक गर्नुहोस् । सानोतिनो समस्या छ भने ठिक हुन्छ ।

तेस्रो तरिका

यदि मेमोरी कार्ड देखाइरहेको छैन भने सबैभन्दा पहिले फोनलाई कम्प्युटरबाट सिस्टम म्यानेजरमा ओपन गर्नुपर्छ । त्यसपछि डिस्क म्यानेजमेन्टमा जानुहोस् ।

यदि तपाईसँग विन्डोज १० छ भने माई पीसीमा राइट क्लिक गरेसँगै म्यानेजको विकल्प पाइनेछ, त्यसमा जानुहोस् ।

त्यहाँ तपाईँलाई पीसीमा उपलब्ध सबै डिस्कको लिस्ट देब्रेतर्फ आउनेछ । त्यहि दाहिनेतर्फ तपाइईलाई माइक्रोएसडी कार्ड देखिनेछ त्यसमा राइट क्लिक गर्नु पर्नेछ । यसमा तपाईलाई चेन्ज ड्राइभ लेटर एन्ड पाथको विकल्प मिल्नेछ । त्यसलाई क्लिक गर्नुहोस ।

अब नयाँ ट्यावमा विन्डोज खुल्नेछ । तपाईलाइँ त्यसमा एडको विकल्प मिल्नेछ त्यसमा क्लिक गरेर ड्राइभलाई कुनै अल्फाबेट नाम दिनुहोस् ।तपाईले नाम दिँदा पीसीमा नभएको नाम दिनुपर्नेछ । यस लगत्तै कार्ड देखिन थाल्छ ।

यी विभिन्न विकल्पहरु अपनाउँदा पनि तपाईँको माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिएन भने पक्कै पनि त्यो खराब भएको हुनुपर्दछ र तपाईँले नयाँ कार्ड किन्ने तयारी गरे हुन्छ ।  अन्यथा तपाईको मेमोरी कार्डले नै काम गर्छ बेकारमा पैसा खर्च गरिररहनु आवश्यक नै छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : २९ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि