ह्याकरका अनेक दाउ, ब्लूटूथमार्फत पनि मोबाइलका डाटा चोरिदै « Khabarhub

ह्याकरका अनेक दाउ, ब्लूटूथमार्फत पनि मोबाइलका डाटा चोरिदै


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुसन्धानकर्ताहरुले एन्ड्रोएन्ड स्मार्ट फोनमा एउटा नयाँ सेक्योरिटी कमजोरी पत्ता लगाएका छन ।

यसको फाइदा उठाउँदै ह्याकरहरुले ब्लूटूथको माध्यमबाट डाटा चोरी गर्दै आएको खुलेको छ । साइबर सेक्योरिटी फर्म इआरएनडब्लुले हालसालै यस्तो कमजोरी पत्ता लगाएपछि मोबाइलमा रहेका डाटा पनि असुरक्षित रहेको खुलेको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार यसको माध्यमबाट ह्याकरहरुले यूजरको पर्सनल डाटा चोरी गर्दै आएका छन ।प्रयोगकर्ताको स्मार्टफोन एन्ड्रोएड पुरानो भर्जन रहेकालाई यो झन डरलाग्दो बिषय हुन सक्दछ ।

इआरएनडब्लुले एन्ड्रोयड ८.० देखि एन्ड्रोएड ९.० सम्म रिमोट अट्याकरले ब्लूटुथको सहायतामा प्रयोगकर्ताबाट उसको स्मार्टफोनमा कोड एग्जिक्यूट गरिदै आएको पत्ता लागेको हो ।

यद्पी यसका लागी अट्याकरहरुलाई प्रयोगकर्ताको ब्लूटूथ मेक एड्रोस थाहा रहेको हुनु पर्दछ । यस प्रकारको ह्याकिंगमा समान्यतया यूजरको तर्फबाट कुनै टास्क परफर्मको आवस्यकता रहँदैन । यूजरलाई आफ्नो मोबाइल ह्याक भएको कुरा समेत थाहा हुँदैन् ।

ईआरएनडब्लुले केहि डिभाइसहरुमा ब्लूटूथ मेक एड्रेशलाई वाइफाई मेक एड्रेशबाट पत्ता लगाउन सकिने बताएको छ । उनिहरुले प्रयोगकर्तालाई उनिहरुसँग एन्ड्रोयडको पुरानो भर्जन रहेको खण्डमा डिभाइसलाई २०२० को सेक्योरिटी प्याचसँग अपडेट गराउन आग्रह पनि गरेका छन ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ९ : ५६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६