‘लक्का जवान’ को गीत: दिलिपदेखि प्रियंकासम्म छमछमी (भिडियो) « Khabarhub

‘लक्का जवान’ को गीत: दिलिपदेखि प्रियंकासम्म छमछमी (भिडियो)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ मा समावेश लोकशैलीको गीत सार्वजनिक गरिएको छ ।

‘मुसुक्कै हाँस न माया’ बोलको लोकशैलीको गीतमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी लगायतले कम्मर मर्काउँदै नाचेका छन् ।

बाबुल गिरीको शब्द, संगीत र एरेन्ज रहेको गीत दर्शकलाई मन पर्ने खालको छ । यस्तै गीतमा बाबुल र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ ।

गीतमा प्रियंका र दिलिपको जोडी देखाइएको छ भने वर्षा र सलोनले कम्मर भाँचेका छन् । गीतका शब्दमा प्रेमको भाव प्रस्तुत गरिएको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा र संवाद पनि निर्देशक पौडेलको रहेको छ । लामो समय टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ निर्देशन गरेका पौडेलले ‘लक्का जवान’ हास्य चलचित्र भएको बताए ।

फिल्ममा लगानी भने अन्सुया श्रेष्ठ वन्त र भने सुशील अर्याल, दैशी अर्याल, राजाराम पौडेल, सुरेन्द्र केसी, दीपेन्द्र खनियाँ सह–निर्मातामा छन् ।
फिल्ममा मित्र डी गुरुङको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

यसअघि निर्माण टिमले फिल्मको शीर्ष गीत सार्वजनिक गरेको थियो । उक्त गीतले भने चर्चा कमाउन सकेको थिएन ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : ०३ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ