‘लक्का जवान’ को गीत: दिलिपदेखि प्रियंकासम्म छमछमी (भिडियो) « Khabarhub

‘लक्का जवान’ को गीत: दिलिपदेखि प्रियंकासम्म छमछमी (भिडियो)


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ मा समावेश लोकशैलीको गीत सार्वजनिक गरिएको छ ।

‘मुसुक्कै हाँस न माया’ बोलको लोकशैलीको गीतमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी लगायतले कम्मर मर्काउँदै नाचेका छन् ।

बाबुल गिरीको शब्द, संगीत र एरेन्ज रहेको गीत दर्शकलाई मन पर्ने खालको छ । यस्तै गीतमा बाबुल र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ ।

गीतमा प्रियंका र दिलिपको जोडी देखाइएको छ भने वर्षा र सलोनले कम्मर भाँचेका छन् । गीतका शब्दमा प्रेमको भाव प्रस्तुत गरिएको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा र संवाद पनि निर्देशक पौडेलको रहेको छ । लामो समय टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ निर्देशन गरेका पौडेलले ‘लक्का जवान’ हास्य चलचित्र भएको बताए ।

फिल्ममा लगानी भने अन्सुया श्रेष्ठ वन्त र भने सुशील अर्याल, दैशी अर्याल, राजाराम पौडेल, सुरेन्द्र केसी, दीपेन्द्र खनियाँ सह–निर्मातामा छन् ।
फिल्ममा मित्र डी गुरुङको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

यसअघि निर्माण टिमले फिल्मको शीर्ष गीत सार्वजनिक गरेको थियो । उक्त गीतले भने चर्चा कमाउन सकेको थिएन ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १२ : ०३ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण