जीवनका दुई महत्वपूर्ण क्षण : जन्मदिन र आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन | Khabarhub Khabarhub

जीवनका दुई महत्वपूर्ण क्षण : जन्मदिन र आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्क द्धेन विश्वप्रसिद्ध अमेरिकी लेखक, उद्यमी र प्रध्यापाक हुन् । उनको जन्म सन् १८३५ नोभेम्बर ३० मा भएको थियो भने सन् १९१० मा निधन भएको थियो ।

उनका केही उत्कृष्ट भनाइहरु:

१. ठेगाना नलेखिएको बन्द खाम जस्तो भएर नबस ।
२. हरेक व्यक्ति चन्द्रमा जस्तै हो । उसको उज्यालो र अध्यारो भाग दुवै हुन्छ । कुनैपनि व्यक्तिले आफ्नो अध्यारो भाग देखाउन चाहँदैन ।
३. सबैभन्दा पहिले तिमीले आफूमा भएका विशेषताहरुलाई राम्रोसँग चिन । त्यसपछि ती विशेषताहरुलाई आफू अगाडी बढ्नको लागि प्रयोग गर्न सकिने बनाऊ ।
४. जसले सोध्छ, ऊ पाँच मिनेटको लागि मूर्ख देखिन सक्छ, तर जसले सोध्दैन ऊ जीवनभर मूर्ख रहिरहन्छ ।
५. धेरैजसो मानिस परिस्थितीको कल्पना गरेर अत्तालिएका हुन्छन्, जुन जीवनमा घट्दै घट्दैन ।
६. यदी आफ्नो आत्माले हुन्न भन्दा भन्दै पनि गरिरहेको छ भने त्यो व्यक्ति सहज रुपमा बाँच्न सक्दैन ।
७. तिमी पूर्ण रुपले खुशी रहन चाहन्छौ भने खुशी बाड्न सिक ।
८. यदी तिमी सत्य बोल्छौ भने तिमीलाई अनावश्यक कुराहरु सम्झिने आवश्यकता नै हुँदैन ।
९. साहस भनेको नडराउनु होइन, डरको प्रतिरोध गर्नु हो ।
१०. धेरै साना चिजहरुलाई बुद्धिमत्तापूर्वक बाहिर ल्याउँदा धेरै ठूला चिज बनेर परिचित भएका छन् ।
११. आधा सत्य जहिले पनि खतरनाक हुन्छ ।
१२. उनीहरु आफैले आफूलाई नचिन्दा वा अरुले उनीहरुलाई चिन्न नसक्दा विलक्षण प्रतिभावान भएका हजारौं व्यक्तिहरु यत्तिकै मर्छन् ।
१३. जीवनमा दुईवटा दिन सबैभन्दा महत्वपुर्ण हुन्छन् । एउटा तिमी जन्मिएको दिन र अर्को तिमीले आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन ।
१४. तिमी भित्र भएको ज्ञानलाई अरुले दिने ज्ञानले प्रभावित गर्न नदेऊ ।
१५. आफ्नो पहिरनलाई भन्दा बढी मनलाई राम्रो बनाउने प्रयास गर ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ११ : ५६ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको