बचत गर्नेमा महिलाभन्दा पुरुष बढी « Khabarhub

बचत गर्नेमा महिलाभन्दा पुरुष बढी


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बैंंकिङ पहुचमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । बैंक खाताको प्रयोग गर्नेमा महिला भन्दा पुरुष अगाडि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस आर्थिक वर्षको पुस मसान्त सम्ममा मुलुकभर कुल ९३ प्रतिशत बचत खातामा पुरुष संख्या ४८ प्रतिशत रहेको छ भने महिला ३० प्रतिशतको मात्र रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा ७ सय ५३ स्थानीय तहमा ७ सय ४८ वटा बैंक तथा वित्तीय संस्थाहरू छन् ।

करिब ६१ प्रतिशत नेपालीको क, ख र ग वर्गका वित्तीय संस्थामा खाता रहेको पाइएको छ । त्यसमा पनि ‘घ’ र सहकारीलाई पनि जोड्ने हो भने करिब ९३ प्रतिशतको बैंकमा खाता छ, जसमा ७८ प्रतिशत मात्रै बचत खाता छ । चालू आर्थिक बर्षको पुष मसान्तसम्ममा महिलाको ३० प्रतिशत र पुरुषको ४८ प्रतिशत बचत खाता छ ।

बचतमा महिला आकर्षण

गत आर्थिक बर्षमा २५ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आर्थिक २०७४/७५ मा २२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता थियो । यसरी विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने महिलाको बचत गर्ने बानी क्रमिक रूपमा बढ्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणकार भट्टका अनुसार विगत ३ बर्ष यता बचत गर्ने महिलाको संख्या बढी रहेको छ । स्थानीय नागरिकहरुमा बित्तीय जागरण ल्याउने, गाँउ गाँउ, टोलटोलमा बैंकले दिने सुबिधा, प्रक्रिया, बैंकिङ पहुचताले हुने फाइदाहरु, बचत गर्ने बानी बिकासका कार्यक्रमहरु गर्दा महिलाहरुमा बचत गर्ने बानीको विकास भएको उनले बताए । महिलाहरुमा घरपरिवार घर खर्च तथा पुरुषले खर्च गर्ने रकम दिने हुनाले बचत खाता तथा रकम कम देखिएको प्रवक्ता भट्टले बताए ।

पछिल्लो समय वित्तीय क्षेत्र तथा अन्य क्षेत्रमा समेत महिला कार्यरत महिलाको संख्या पनि बढ्दै गएको छ । बैंकको प्रमुख र उपप्रमुखमा पनि महिला छाउन थालेका छन् । मुलुभर रहेका २८ वाणिज्य बैंकहरूमा अहिले करिब ४० प्रतिशत महिला छन् । त्यसो त राष्ट्र बैंकको सञ्चालक समितिमा पनि १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

महिला तथा पुरुषको कुन प्रदेशमा कति खाता
प्रदेश नं. १
प्रदेश नं.१ मा ४७ लाख ४ हजार ४ सय ६१ जना पुरुषको बचत खाता छ भने महिलाको ११ लाख १५ हजार ९ सयवटा बचत खाता छन् ।

प्रदेश नं. २
प्रदेश नं. २ मा १२ लाख ८३ हजार ७ सय ९३ पुरुष र ७ लाख ३८ हजार १ सय ३ वटा महिलाको बचत खाता छन् ।

बागमती प्रदेश
बागमती प्रदेशमा ६६ लाख ६५ हजार ५ सय ७८ पुरुष र २८ लाख ३० हजार १ सय ३८ महिलाका बचत खाता छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ४ मा ११ लाख ८९ हजार १ सय ३० पुरुष र १२ लाख ६३ हजार ६ सय १७ महिलाका बचत खाता छन् ।

प्रदेश नं. ५
प्रदेश नं. ५ मा १६ लाख ५२ हजार ३ सय ८५ पुरुष र १३ लाख ४४ हजार ९ सय ८६ महिलाको बचत खाता छन् ।

कणार्ली प्रदेश
कणार्ली प्रदेशमा २ लाख ८७ हजार २ सय ३७ पुरुष र २ लाख ३ हजार ५ सय ६ महिलाको बचत खाता छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा ६ लाख ७७ हजार ४ सय ३२ पुरुष र ४ लाख ९७ हजार ९ सय ५ महिलाका बचत खाता छन् ।
हाल देशभर बैंक तथा वित्तीय संस्थामा ३ करोड भन्दा धेरै बचत खाता सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : १४ बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ