कोरोनाको संक्रमण नरोकेको भन्दै हुबेई र वुहानका पार्टी प्रमुख बर्खास्त « Khabarhub

कोरोनाको संक्रमण नरोकेको भन्दै हुबेई र वुहानका पार्टी प्रमुख बर्खास्त


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानका पार्टी प्रमुखलाई बर्खास्त गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको समाचारमा कम्युनिस्ट पार्टीको हुबेई प्रान्तका प्रमुख जियाङ चाओलियाङ र वुहान महानगरका पार्टी प्रमुख मा गुओचियाङलाई बर्खास्त गरिएको जनाइएको छ ।

कोरोना भाइरस महामारीविरुद्ध ठोस कदम चाल्न नसकेका कारण उनीहरुलाई बर्खास्त गरिएको हुनसक्ने आशंका गरिएपनि समाचारमा उनीहरुलाई बर्खास्त गरिनुको कारणबारे केही खुलाइएको छैन ।

कम्युनिस्ट पार्टीले साङ्घाई शहरका मेयर यिङ योङलाई कम्युनिस्ट पार्टीअन्तर्गत हुबेई प्रान्तको प्रान्तीय समितिको नयाँ सचिव नियुक्त गरिएको छ ।

यिङ राष्ट्रपति सी चिनफिङ निकट मानिन्छन् । वुहान महानगरका पार्टी प्रमुख माको स्थानमा भने पूर्वी शाङडोङ प्रान्तको राजधानी जिनिनका पार्टी प्रमुख वाङ झोङलिनलाई नियुक्त गरिएको छ ।

यसअघि गत मंगलबार चीनले हुबेई प्रान्तका दुई प्रमुख स्वास्थ्य पदाधिकारीलाई बर्खास्त गरेको थियो । त्यसबाहेक प्रधानमन्त्री ली केचियाङको नेतृत्वमा कम्युनिस्ट पार्टीले विशेष कार्यदल समेत गठन गरिसकेको छ ।

६ करोड जनसङ्ख्या रहेको हुबेई प्रान्तमा जारी महामारी नियन्त्रण तथा रोकथामका लागि पर्याप्त प्रयास नगरेको भन्दै पार्टीका पदाधिकारीहरुको चर्को आलोचना भइरहेका बेला उनीहरुलाई बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : २१ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको