के ४ ओस्कार अवार्ड जित्ने फिल्म ‘पारासाइट’ तमिल फिल्मबाट चोरिएको हो ? « Khabarhub

के ४ ओस्कार अवार्ड जित्ने फिल्म ‘पारासाइट’ तमिल फिल्मबाट चोरिएको हो ?


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

९२ औं संस्करणको ओस्कार अवार्डमा चार विधामा अवार्ड जित्ने फिल्म ‘पारासाइट’ लाई दक्षिण भारतीय फिल्मका फ्यानले चोरीको आरोप लगाएका छन् ।

उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट विदेशीभाषी फिल्म र उत्कृष्ट स्किृनप्लेको अवार्ड जितेको यो फिल्मको कथा दक्षिण भारतीय फिल्म ‘मिनसारा कन्ना’ को फिल्मबाट प्रभावित भएको आरोप फ्यानले लगाएका छन् ।

‘मिनसारा कन्ना’ चर्चित अभिनेता विजयको फिल्म हो । दर्शकले ‘पारासाइट’ लाई चोरीको आरोप लगाउँदै ट्वीटरमा आक्रोश पोखेका छन् ।

विजयको फिल्म ‘मिनसारा कन्ना’ सन् १९९९ मा रिलिज भएको थियो । फिल्ममा विजय र मोनिकाको शीर्ष भूमिका थियो । कन्नन र इश्वर्याको प्रेम हुन्छ । तर, इश्वर्याकी दिदी प्रेम विवाहको विरुद्धमा हुन्छिन् ।

यही कारण कन्नन आफ्नो पहिचान लुकाएर उनको घरमा सुरक्षागार्डको काम गर्न आउँछन् ।

विस्तारै त्यही घरमा कन्ननका भाइ पनि नोकर बनेर आउँछन् । बहिनी कुक बनेर आउँछिन् । सबै गरीब परिवारका सदस्य एक धनी घरमा आउँछन् ।

धनी परिवारका घरका कुनै पनि सदस्यलाई यी सबै एकै परिवारका हुन् भन्ने थाहा हुँदैन ।

यही आधारमा विजयका तमिल फ्यानले दाबी गरेका छन् कि, पारासाइटमा पनि यस्तै कथा छ र कथा चोरिएको हो ।

फिल्मको प्लट उस्तै भए पनि कहानी भने दुवैमा फरक छ । ‘मिनसारा कन्ना’ मा युवायुवतीको प्रेमकथा देखाइएको छ भने ‘पारासाइट’को कहानी फरक छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४३ बजे

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया