पुल्चोक क्याम्पसलाई सेनाको हेलिकोप्टर ‘उपहार’ « Khabarhub

पुल्चोक क्याम्पसलाई सेनाको हेलिकोप्टर ‘उपहार’


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सर्भिस लाईफ पूरा भएको एउटा हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

सेनाले अलाउटे–३ नामक हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरेको हो । प्रयोगको अवधि पूरा भएको उक्त हेलिकोप्टर अब क्याम्पसका विद्यार्थीको अध्ययन प्रयोजनमा प्रयोग गरिने छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालमै पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययन शुरु भएकोमा त्यसको व्यवहारिक ज्ञानका लागि उक्त हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित विभिन्न पाट–पूर्जाहरु समेत प्रदान गरेको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त स्वीकृतिका आधारमा नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले बुधबार क्याम्पसलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।

सेनाले २३ जेठ २०४७ बाट उक्त हेलिकोप्टर सञ्चालनमा ल्याएको थियो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान गरेको थियो भने ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको थियो । हेलिकोप्टरको अन्तिम उडान २ चैत २०७५ मा भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि