जनयुद्ध दिवसको शुभकामना दिँदै डा. भट्टराईले भने– क्रान्तिलाई जारी राखौं « Khabarhub

जनयुद्ध दिवसको शुभकामना दिँदै डा. भट्टराईले भने– क्रान्तिलाई जारी राखौं


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपाका अध्यक्ष डा बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीका एक जना मुख्य नेतासमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्विटरबाट १० वर्षे जनयुद्धको प्रक्रियामा सहभागी क्रान्तिकारी सहयोद्धाहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रचण्डसँग उभिएको तस्वीर राख्दै डा भट्टराईले लेखेका छन्,‘ ऐतिहासिक जनयुद्ध प्रारम्भको २५ औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरु, वेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उपलब्धीहरुको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं ।’

जनयुद्धका समयमा तत्कालिन जनसरकार प्रमुखसमेत रहेका डा भट्टराई पछिल्लो समय भने जनयुद्ध दिवसका कार्यक्रममा सहभागी हुने गरेका भने छैनन् ।

तत्कालिन माओवादी पार्टी परित्याग गरि डा भट्टराईले नयाँ शक्ति नामक दल खडा गरेका थिए । पछिल्लो समय उनी उपेन्द्र यादवको पार्टीसँग एकता गरि समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४४ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को