दुर्गा प्रसाईं पक्राउ नै नपरी साधारण तारेखमा ‘रिहा’ « Khabarhub

दुर्गा प्रसाईं पक्राउ नै नपरी साधारण तारेखमा ‘रिहा’


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभद्र व्यवहारको कसुर लागेका मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

डा. गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते (बिहीबार) पक्राउ पूर्जी जारी गरेको थियो । तर, प्रसाईं भने पक्राउ परेनन् ।

प्रसाईंलाई पक्राउ नै नगरी भक्तपुर प्रहरीले करिब ४ दिन अगाडि मात्रै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता गरेको दोस्रो दिन बिहीबार प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए । बिहीबार नै थुनछेक बहसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको इजलाशले थुनछेक आदेश जारी गर्दै प्रसाईंँलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो ।


दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति

दूर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा, २१ दिनभित्र उपस्थित हुन म्याद जारी

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  २ : ०३ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार