लखनउको उच्च अदालत नजिकै बम विस्फोट « Khabarhub

लखनउको उच्च अदालत नजिकै बम विस्फोट


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको छ ।

लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ ।

विष्फोट भएको स्थान उत्तर प्रदेश विधानसभाबाट केबल १ किलोमिटरको दुरीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वकिलहरुको दुई समूहबीचको विवादका क्रममा बम विष्फोट भएको हुनसक्ने स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतमा रहेका वकिललाई निशाना बनाएर विष्फोट गराइएको जनाइएको छ । लखनउ बार एशोसिएसनका सहसचिव सञ्जिव लोधीले आफूले केही वकिलबारे उजुरी गरेको बदलामा आफूलाई निशाना बनाएर विष्फोट गराइएको दाबी गरेका छन् ।

करिब १० जनाको सङ्ख्यामा आएका मानिसहरुले आफ्नो चेम्बरमा बम फ्याँकेर भागेको उनको भनाइ छ । उनीहरुले फ्याँकेकामध्ये एउटा बम विष्फोट भएको र बाँकी दुई बम भने विष्फोट नभएको लोधीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

विष्फोटमा लोधीसहित अरु दुई वकिल घाइते भएका छन् । विष्फोटलगत्तै वकिलहरुले अदालतमा बबाल गरेका थिए । अघिल्लो महिनामात्र वकिलहरुले राज्यमा आफूहरुविरुद्ध आक्रमण भइरहेको भन्दै काम ठप्प पारेका थिए ।

प्रहरीले आक्रमणमा जीतु यादव नाम गरेका व्यक्तिको सहभागिता रहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ३ : ०६ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका