प्रचण्डकै सल्लाहमा प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन् « Khabarhub

प्रचण्डकै सल्लाहमा प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन्


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ ।

तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेता सहभागी हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । कार्यक्रममा पूर्व एमाले तर्फका नेताहरुको भने सहभागीता रहेको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

‘जनयुद्ध’ अस्वीकार !

ओली कार्यक्रममा अनुपस्थित भएसँगै सामाजिक सञ्जालमा यसबारे बहस भएको छ । पूर्व माओवादी पक्षका नेता कार्यकर्ताले कार्यक्रममा ओलीको अनुपस्थितीको आलोचना गरेका छन् ।

केहीले भने अस्वस्थताको कारण भएको हुनसक्ने बताउँदै आएका छन् ।

कतिपयले भने दुई पार्टी बीच एकता भएको भएपनि पूर्व एमाले पक्षधरले तत्कालीन माओवादीले गरेको ‘जनयुद्ध’लाई स्वीकार गर्न नसकेको भन्दै टिप्पणीसमेत गरेका छन् ।

प्रचण्डको सुझाव

प्रचण्ड निकटका मानिने नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली स्वास्थस्थितिका कारण कार्यक्रममा सहभागी नभएको बताए ।

उनका अनुसार अध्यक्ष प्रचण्डले नै अर्का अध्यक्ष ओलीलाई ‘तपाईं जानु पर्दैन’ भनेर भनेका थिए ।

नेता गजुरेलले भने,‘यसपालि अध्यक्ष प्रचण्डले नै तपाईं जानुपर्दैन भनेर भन्नुभएको थियो । तैपनि प्रधानमन्त्रीले म जान्छु भन्नु भएको थियो । मैले जानेसम्म स्वास्थ्य ठिक नभएर उहाँ अनुपस्थित हुनुभएको हो ।’

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अरु नै पूर्वनिर्धारित कार्यक्रम भएका कारण प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । उनका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भनेर सचिवालयको तर्फबाट नभनिएको बताए ।

त्यस्तै नेकपाका नेता दिनानाथ शर्मामाले पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन नसक्नु स्वास्थ्यको कारण भएको बताउँछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ३ : ४६ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको