मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने लक्ष्य « Khabarhub

मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने लक्ष्य


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् ।

मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक वर्षभित्रै सक्ने लक्ष्य लिइएको छ ।

स्वेतपत्रमा कफरड्याम निर्माण तथा वैलल्पिक पाइप डाइभर्सन सञ्चालन, १४ वटा गेट जडान, मुख्य शुरुङको फिनिसिङ गर्ने भनिएको छ । यस्तै, भेन्ट स्वाफ्ट जडान, अडिट शुरुङमा अनुगमन उपकरण जडान गर्ने, सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य गर्ने र शुरुङको परीक्षण तथा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, बाँकी रहने ८ वटा कार्यहरु आगामी आर्थिक वर्ष २०७७/७८ मा सक्ने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्षमा कफरड्याम निर्माण सँगै बाँधको निर्माण, इन्टेक तथा पुलको निर्माण, अडिट शुरुङको फिनिसिङ, हेडवक्र्समा अनुगमन उपकरण जडान, हाइड्रो–मेकानिकल जडान, हेडवक्र्सको परीक्षण र हेवक्र्ससहित शुरुङलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

मुख्य शुरुङसहित मेलम्चीमा हेडवक्र्स निर्माणको ठेक्का पाएको इटालिएन कम्पनी सीएमसीले बीचमै ठेक्का तोडेपछि आयोजना निर्माणमा अन्यौलता बढेको थियो । तर, सरकारले गत असोजमा चीनको सिनो हाइड्रोसँग निर्माण सम्झौता गरी काम शुरु गरिएको थियो ।

सिनो हाइड्रोसँगको ठेक्का सम्झौतामा १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनामा हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनका अनुसार आयोजनामा हालसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : १४ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री