मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने लक्ष्य « Khabarhub

मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने लक्ष्य


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् ।

मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक वर्षभित्रै सक्ने लक्ष्य लिइएको छ ।

स्वेतपत्रमा कफरड्याम निर्माण तथा वैलल्पिक पाइप डाइभर्सन सञ्चालन, १४ वटा गेट जडान, मुख्य शुरुङको फिनिसिङ गर्ने भनिएको छ । यस्तै, भेन्ट स्वाफ्ट जडान, अडिट शुरुङमा अनुगमन उपकरण जडान गर्ने, सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य गर्ने र शुरुङको परीक्षण तथा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, बाँकी रहने ८ वटा कार्यहरु आगामी आर्थिक वर्ष २०७७/७८ मा सक्ने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्षमा कफरड्याम निर्माण सँगै बाँधको निर्माण, इन्टेक तथा पुलको निर्माण, अडिट शुरुङको फिनिसिङ, हेडवक्र्समा अनुगमन उपकरण जडान, हाइड्रो–मेकानिकल जडान, हेडवक्र्सको परीक्षण र हेवक्र्ससहित शुरुङलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

मुख्य शुरुङसहित मेलम्चीमा हेडवक्र्स निर्माणको ठेक्का पाएको इटालिएन कम्पनी सीएमसीले बीचमै ठेक्का तोडेपछि आयोजना निर्माणमा अन्यौलता बढेको थियो । तर, सरकारले गत असोजमा चीनको सिनो हाइड्रोसँग निर्माण सम्झौता गरी काम शुरु गरिएको थियो ।

सिनो हाइड्रोसँगको ठेक्का सम्झौतामा १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनामा हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनका अनुसार आयोजनामा हालसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : १४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको