कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज « Khabarhub

कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा भर्ना भएका ३ जनालाई अस्पतालले डिस्चार्ज गरेको छ ।

कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको शुक्रराज अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

डा बास्तोलाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा तीन जनाकै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि आज साँझ ४ बजे उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

चीनबाट नेपाल आएका एकजना चिनियाँ नागरिक र दुईजना नेपालीलाई कोरोना भाइरसको आशंकामा हिजो ( बिहीबार) शुक्रराज अस्पतलमा आइसोलेसनमा निगरानीमा रानिएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

ती तीन जनाको परीक्षणसँगै नेपालमा कोरोना भाइरसको आशंकामा स्वास्थ्य परीक्षण गराइएकाको संख्या २३ पुगेको अस्पतालले जनाएको छ । २३ जनामध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ ।

अस्पतालका प्रवक्ता डा बास्तोलाका अनुसार टेकु अस्पतालमा आज कोरोनाको आशंकामा कुनै पनि बिरामी भर्ना गरिएको छैन।

कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी