नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न संसदीय समितिको माग | Khabarhub Khabarhub

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न संसदीय समितिको माग


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै छानविन गर्नुपर्ने माग गरेको छ ।

नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको हो ।

सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदहरुले गरेका छन् ।

सांसद अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचार सुशासन अन्तर्गत पर्दैन भनेर नुहने र यो विषयमा समितिमा बृहत छलफल हुनुपर्ने बताए । उनले सेना सुरक्षा निकाय हो की ठेक्का पट्टा गर्ने निकाय भन्दै प्रश्न समेत गरे ।

‘आर्मी सुरक्षा निकाय हो की ठेक्का पट्टा निकाय हो ? की भोजभतेर गर्ने निकाय हो ? कि मेडिकल चलाउने निकाय हो ?’,उनले प्रश्न गरे ।

उनले अख्तियारले कुन उजुरीमा कुन मापदण्ड बनाएर मुद्दा दायर गर्छ त्यो विषयमा समितिमा जानकारी गराउनुपर्ने बताए ।

समितिले गठन गरेको उजुरी तथा गुनासो सुनुवाई उपसमिति सदस्य रेखा शर्माले समितिमा नेपाली सेनाको विविध सेवा नियमाली सम्बन्धि सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएको बताइन् ।

सैनीक हवाई सेवा र लेखा समूहका बुढा तथा व्यक्ति विकासका लागि २०७४ फागुन १४ गते उल्लेखित सैनीक योग्यताको मापदण्डलाई सैनिक अधिकारीहरुले आ-आफ्नो तरिकाले ब्याख्या गर्दा कर्मचारीहरुको वृद्धिविकासमा बाधा पुगेको बताइन् ।

शर्माले सांसद रेनुका गुरुङले २०७५ भाद्र २१ गते दिएको उजुरीमा सम्पत्ति छानबिन गर्ने सम्बन्धमा बहालवाला सेनालाई पनि अख्यितारको दायरभित्र ल्याउन माग गरिएको बताइन् ।

उपसमिति सदस्य नवराज सिलवालले धेरै उजुरीहरु सम्बन्धित निकायले हेर्नुपर्ने भनेर बोधार्थ आएको उल्लेख गर्दै सम्बन्धित निकायमा पठाएको बताए ।

राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धित उजुरीहरु गम्भिर रहेको उल्लेख गर्दै सिलवालले कुनै आपराधिक घटना, विस्फोटको घटनाका विषयमा सम्बन्धित निकायमा सूचना दिने गरिएको भएपनि कारवाही गर्नुपर्ने निकायले कारवाही नगरेको बताए ।

समितिले निर्देशन दिएपनि नेपाल प्रहरी र गृहमन्त्रालयले कुनै प्रतिक्रिया नदिने गरेको गुनासो गरे । उनले गृहमन्त्री, गृहसचिव र अनुसन्धान विभाग प्रमुखलाई बोलाएर तत्काल समितिमा छलफल गर्नुपर्ने बताए ।

सांसद विजय सुब्बाले नेपाल रेडक्रस सोसाइटीमा देखिएको भ्रष्टाचार राजनीतिक दल र मन्त्रालयकै कर्मचारीहरुको सेटिङका कारण छानबिन गर्न नसकिएको बताए । समितिमा मुद्दा दर्ता भएको लामो समय हुँदा समेत सुनुवाई नभएको प्रति उनले गुनासो गरे ।

रेडक्रसका विषयमा सर्वोच्च अदालतका न्यायाधीश, सरकारी वकिल नेताहरु नांगिदापनि सुनुवाई हुन नसकेको उनले बताए । उनले गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार आफै नै सेटिङमा लागेर भ्रष्टाहरुको पक्षमा काम गर्ने गरेको आरोप समेत लगाए ।

‘गृहमन्त्री आफै बुझ्नुभएको छ । तर उहाँलाई सल्लाह दिने सल्लाहकार आफै त्यो सेटिङमा लागेर भ्रष्टहरुको पक्षमा काम गर्छन् । गृहमन्त्रीलाई भनेकै हो तपाईका प्रमुख सल्लाहकारले तपाईलाई ‘मिस गाईड’ गर्दैछन् भनेर’, उनले भने, ‘बजारमा महान्यायधीवक्ता, न्यायाधीशहरुले २५ लाख खाएको हल्ला छ । सबैले पैसा खाएका छन् । ’सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको मिलेमतोका कारण रेडक्रस धरासायी बन्दै गएको आरोप उनले लगाए ।

समिति सभापति शशी श्रेष्ठले प्रतिवेदनमा उल्लेख भएका कुराहरु कार्यान्वयन गर्न सकिन्छ की सकिँदैन भनेर प्रश्न उठाउनुभन्दा पनि दृढतापूर्वक काम गर्न अगाडी बढ्नुपर्ने बताइन् । कार्यान्वयन गर्नकै लागि समिति बनेको उल्लेख गर्दै श्रेष्ठले समितिलाई प्राथमिकताका साथ समय दिन पनि सदस्यहरुलाई आग्रह गरे ।

उनले कुनै पनि अपराधिको रंग, वर्ण र वर्ग नहुने उल्लेख गर्दै राम्रो आफ्नो मान्छे ठन्नुपर्ने प्रवृति अंगाल्नुपर्ने बताए । ‘अपराधिको कुनै रंग, वर्ग हुँदैन् । अपराधि अपराधि नै हो । त्यसैले हामीले राम्रो मान्छे हाम्रो मान्छे ठान्नुप¥यो, हाम्रो मान्छे राम्रो मान्छे भन्नुभएन् । यो ढंगबाट निर्ममतापूर्वक समिति जाने हो भने असम्भव भन्ने केही छैन् ।

समिति गठन भएदेखी विभिन्न विषयमा ५० भन्दा बढी उजुरी परेका छन् । समितिले उजुरीहरुमाथि छानबिन गर्न करिब ८ महिना अघि गठन भएको उजुरी तथा गुनासो सुनुवाई उपसमिति गठन गरेको थियो । उपसमितिमा शर्मा र सिलावालसँगै दिलेन्द्रप्रसाद बडु सदस्य रहेका थिए । उपसमितिले समितिलाई विहिबार आफ्नो प्रतिवदेन बुझाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : २८ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै