मुलुकलाई समृद्ध बनाउनु सरकारको मुख्य कार्यभारः मन्त्री पुन « Khabarhub

मुलुकलाई समृद्ध बनाउनु सरकारको मुख्य कार्यभारः मन्त्री पुन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको  उद्घाटन गर्दै उनले भने, “देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारको मुख्य कार्यभार हो ।”

मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको उल्लेख गर्दै जनयुद्ध शुरुआत भएको २५ वर्ष पूरा हुँदैगर्दा देशको राजनीतिक परिवर्तन मात्रै नभई व्यवस्था परिवर्तन हुनुमा होलेरीको अहम् भूमिका रहेको बताए ।

विसं २०५२ फागुन १ गते होलेरीमा आक्रमण गर्दा तत्कालीन नेकपा माओवादीमा आफू युद्ध कमाण्डर भएर लडेको स्मरण गर्दै उनले मुलुक सङ्घीयतामा गएसँगै अहिले समृद्धिका राम्रा सङ्केत देखा परेको बताए ।

तत्कालीन समयमा प्रहरी चौकी रहेको स्थानमा शान्ति स्मारक निर्माण गरिएको हो । प्रदेश सरकारको रु ३० लाख, गाउँपालिकाको रु ३० लाख तथा जनश्रमदान रु आठ लाख ५५ हजार ९२६ गरी कूल रु ६८ लाख ५५ हजार ९२६ मा सो स्मारक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल डाँगीले बताए ।

सो अवसरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यो स्मारकले पर्यटकलाई आकर्षित गर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ०० बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र