प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्छ : कमल थापा « Khabarhub

प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्छ : कमल थापा


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

‘जनयुद्ध’का शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्डले ‘जनयुद्ध’का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको भन्ने अभिव्यक्ति दिएकोमा थापाले त्यसबारे कांग्रेसको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

थापाले ‘के कोइराला आतंककारीका मतियार थिए ?’ भन्दै प्रश्न गरेका छन्। उनले प्रचण्डको पछिल्लो दाबीले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट भएको आरोप लगाएका छन्।

कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूबीच कुराकानी भैरहने र त्यसबेला कोइरालाले जनयुद्धलाई अझ मजबुत बनाउन भन्ने गरेको दाबी गरेका थिए।

आफूलाई फौजी आक्रमण बढाउन र सदरमुकाम हान्न कोइरालाले सुझाउने गरेको प्रचण्डको भनाई थियो।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १० : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र