कोरोनाका कारण भारतमा पहिलो एक जनाको मृत्यु « Khabarhub

कोरोनाका कारण भारतमा पहिलो एक जनाको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)का कारण भारतमा एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।

कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।

तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।

त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।

कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बि श्रीमालुले एक ट्वीट गरेर मृतक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १८ बजे

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित

काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित

पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक

काठमाडौं – नायक पल शाह फिचर्ड म्युजिक भिडियो ‘राम कसम’

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी

काठमाडौं- इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अली लारिजानीले ठूलो आतंककारी

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको