कोरोना सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ « Khabarhub

कोरोना सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् ।

कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्रह गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

उनले नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न आह्वान गर्दै ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरे ।

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम रहेको देवघाट गाउँपालिकाले सो भाइरसबाट बच्न सचेतना अपनाउन गाउँवासीलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

साथै गाउँपालिकाभित्र जात्रा, पर्व, मेला महोत्सव जस्ता कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको उनले बताए ।

व्यास नगरपालिकाले भाइरसको जोखिमबाट बच्न ‘नमस्कार गरौँ’ अभियान सञ्चालन गरेको छ । हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ । जिल्लाका म्याग्दे, आँबुखैरेनी, ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिका, भीमाद र भानु नगरपालिकाले पालिकाभित्र सो भाइरसबाट बच्न सतर्कता अपनाउने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : १० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच