नक्कली चिकित्सक पक्राउ | Khabarhub Khabarhub

नक्कली चिकित्सक पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका रावलले बताए । उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएको उनले बताए ।

जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ३६ बजे

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी– प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ