अत्यधिक मदिरा सेवनका कारण धनुषामा ६ जनाको मृत्यु « Khabarhub

अत्यधिक मदिरा सेवनका कारण धनुषामा ६ जनाको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – अत्यधिक मदिरा सेवनका कारण धनुषामा ६ जनाको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

अत्याधिक मदिरा सेवन गरेका कारण उनीहरुको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायकले जानकारी दिए ।

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको निधन भएको छ । उनको मृत्यु अत्यधिक रक्सी सेवन वा अन्य कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै