अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय | Khabarhub Khabarhub

अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध ८ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ ।

गत तिहारमा देउसी खेल्न बोलाएर युवतीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले यसअघि नै राईलाई दोषी ठहर गरिसकेको थियो । बिहीबार कैद सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार राईविरुद्ध पीडित युवतीलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसलामा उल्लेख छ ।

राईले एक युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीका आधारमा राईलाई गत कात्तिक १२ गते प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कार मुद्दामा पक्राउ परेलगत्तै अनेरास्ववियूले राईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिसकेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ०९ बजे

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी– प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ