अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय « Khabarhub

अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध ८ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ ।

गत तिहारमा देउसी खेल्न बोलाएर युवतीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले यसअघि नै राईलाई दोषी ठहर गरिसकेको थियो । बिहीबार कैद सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार राईविरुद्ध पीडित युवतीलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसलामा उल्लेख छ ।

राईले एक युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीका आधारमा राईलाई गत कात्तिक १२ गते प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कार मुद्दामा पक्राउ परेलगत्तै अनेरास्ववियूले राईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिसकेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ०९ बजे

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,