आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध « Khabarhub

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारह कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणाली मार्फत र्रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमार्फत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।

एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष?प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस इ–पेमेन्ट र कनेक्ट आरटीजीएस प्रणाली संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम