भूकम्पको अनुदान लिने समयसीमा थप « Khabarhub

भूकम्पको अनुदान लिने समयसीमा थप


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पप्रभावित लाभग्राही एवं जनप्रतिनिधिहरुको अनुरोध एवं सुझावमा पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रवलीकरण अनुदान लिने समयसीमालाई विस्तार गरेको छ ।

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ र ०७६ बाट लाभग्राही कायम भएकाहरु, प्राधिकरणबाट २०७६ मंसिरपश्चात कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीहरुले २०७६ चैत्र मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिनुपर्नेछ ।

अन्य सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुमध्ये अनुदान सम्झौता गर्न बाँकी वा अनुदान सम्झौता गरी पहिलो किस्ता लिन बाँकी लाभग्राहीहरुले सम्बन्धित स्थानीय तहको सिफारिसमा पुनर्निर्माण जिल्ला सहजीकरण समितिको निर्णय अनुसार २०७६ चैत्र मसान्तसम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिनु पर्नेछ ।

यसरी लाभग्राही भएका एवं २०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीहरुले आगामी २०७७ असार मसान्तसम्मा दोस्रो किस्ता लिनु पर्नेछ ।

सम्पूर्ण लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता लिने समयसीमा २०७७ मंसिर मसान्त तोकिएको छ ।

भूकम्पप्रभावित पुनर्निर्माण लाभग्राहीले निजी आवास बनाउनका लागि तीन किस्तामा तीन लाख रुपैयाँ र प्रवलीकरण लाभग्राहीले आंशिक क्षति पुगेको घर प्रवलीकरण गर्न दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँनेछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ५१ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु