भूकम्पको अनुदान लिने समयसीमा थप « Khabarhub

भूकम्पको अनुदान लिने समयसीमा थप


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पप्रभावित लाभग्राही एवं जनप्रतिनिधिहरुको अनुरोध एवं सुझावमा पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रवलीकरण अनुदान लिने समयसीमालाई विस्तार गरेको छ ।

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ र ०७६ बाट लाभग्राही कायम भएकाहरु, प्राधिकरणबाट २०७६ मंसिरपश्चात कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीहरुले २०७६ चैत्र मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिनुपर्नेछ ।

अन्य सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुमध्ये अनुदान सम्झौता गर्न बाँकी वा अनुदान सम्झौता गरी पहिलो किस्ता लिन बाँकी लाभग्राहीहरुले सम्बन्धित स्थानीय तहको सिफारिसमा पुनर्निर्माण जिल्ला सहजीकरण समितिको निर्णय अनुसार २०७६ चैत्र मसान्तसम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिनु पर्नेछ ।

यसरी लाभग्राही भएका एवं २०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीहरुले आगामी २०७७ असार मसान्तसम्मा दोस्रो किस्ता लिनु पर्नेछ ।

सम्पूर्ण लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता लिने समयसीमा २०७७ मंसिर मसान्त तोकिएको छ ।

भूकम्पप्रभावित पुनर्निर्माण लाभग्राहीले निजी आवास बनाउनका लागि तीन किस्तामा तीन लाख रुपैयाँ र प्रवलीकरण लाभग्राहीले आंशिक क्षति पुगेको घर प्रवलीकरण गर्न दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँनेछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ५१ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार