कोरोना संक्रमण त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो « Khabarhub

कोरोना संक्रमण त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ ।

दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो । उनीहरुलाई बुधवार फर्काइएको हो ।

स्वास्थ्य प्रमाणपत्र नभएकालाई फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए ।

नेपाल सरकारले मंगलबारदेखि लागू हुने गरि आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम लागू गरेको थियो ।

चीन, जापान, दक्षिण कोरिया कोरिया, इरान, इटाली, जर्मनी, फ्रान्सका नागरिकले अग्रिम रुपमा भिसा लिनुपर्ने र नेपाल आउँदा स्वास्थ्य प्रमाणपत्र बोक्नुपर्ने नियम छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ०५ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको