कोरोना संक्रमण त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो « Khabarhub

कोरोना संक्रमण त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ ।

दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो । उनीहरुलाई बुधवार फर्काइएको हो ।

स्वास्थ्य प्रमाणपत्र नभएकालाई फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए ।

नेपाल सरकारले मंगलबारदेखि लागू हुने गरि आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम लागू गरेको थियो ।

चीन, जापान, दक्षिण कोरिया कोरिया, इरान, इटाली, जर्मनी, फ्रान्सका नागरिकले अग्रिम रुपमा भिसा लिनुपर्ने र नेपाल आउँदा स्वास्थ्य प्रमाणपत्र बोक्नुपर्ने नियम छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ०५ बजे

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको

राष्ट्रपति भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित

काठमाडौँ- मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री रावलले पाउलान् त विश्वासको मत ?

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह