अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि « Khabarhub

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।

उनीसँगै अस्ट्रेलियामा २ सय जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अष्ट्रेलियामा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने घोषणा भइसकेको छ ।

कोरोना भाइरस हालसम्म ११८ मुलुक एवं भूभागहरुमा फैलिसकेको छ ।

चीनको वुहान शहरबाट गत वर्षको अन्त्यसँगै शुरु भएको भएको यो प्रकोपका कारण विश्वभर १ लाख २५ हजार भन्दा धेरैमा संक्रमण देखा परेको छ भने यसबाट विश्वभर ४६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ५० बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम