‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो) « Khabarhub

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो)


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ मा समावेश गीत ‘झुसे बारुलो’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा मिस्टर आरजेको शब्द र संगीत रहेको छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । साथै गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

भिडियोमा सौगात मल्ल, अनुपविक्रम शाही लगायतलाई देख्न सकिन्छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, विशाल पहारी, आना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सस्पेन्स एक्सन भनिएको यो फिल्ममा हिमाल केसी र मुकुन्द भट्टको द्वन्द्व निर्देशन छ ।

फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने स्किृप्ट मुकुन्द भट्ट, सुनील निउरे र अमित शर्माले तयार पारेका हुन् ।

यसअघि फिल्म ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । उक्त फिल्म व्यावसायिक रुपमा असफल भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : ३९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने