कोरोना भाइरसबारे भिडियो कन्फरेन्स गर्न प्रधानमन्त्री ओली समक्ष मोदीको प्रस्ताव « Khabarhub

कोरोना भाइरसबारे भिडियो कन्फरेन्स गर्न प्रधानमन्त्री ओली समक्ष मोदीको प्रस्ताव


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोना भाइरस विरुद्ध रणनीति बनाउन भिडियो कन्फरेन्स गर्न प्रस्ताव गरेका छन् ।

त्यसका लागि उनले प्रधानमन्त्री ओली समक्ष कुटनीतिक माध्यमबाट प्रस्ताव गरेका हुन् ।

भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत मोदीको उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

‘यसबारे प्रधानमन्त्री कार्यालयमा प्रस्ताव आएको छ’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने,‘तर मितिबारे टुंगो लागेको छैन ।’
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि अहिले अस्पतालमा उपचार गराइरहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

उनले सार्क मुलुकले दुनियालाई एएटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्ध लड्न सार्क राष्ट्रका नेतृत्वकर्ताबाट साझा धारणा बनाउन गरेको प्रस्तावको स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट मार्फत कोरोनाभाइरस विरुद्ध लड्न सार्कले रणनीति बनाउने विषयमा नेपाल सरकार सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको जनाएका छन् ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको छ भने ७५ जना संक्रमित भएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : ४१ बजे

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य

सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौंको माइती घरमा