मोदीलाई प्रधानमन्त्री ओलीले भनेः कोरोना भाइरससँग लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार « Khabarhub

मोदीलाई प्रधानमन्त्री ओलीले भनेः कोरोना भाइरससँग लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’


भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

उनले सार्क मुलुकले दुनियालाई एउटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको छ भने ७५ जना संक्रमित भएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ०४ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन