कोरोनाभाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालबाट धरान पठाइयो « Khabarhub

कोरोनाभाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालबाट धरान पठाइयो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा कोशी अञ्चल अस्पतालमा उपचाररत दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

केही दिन अघि वेदेशबाट आएका उनीहरुमा रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

कोशी अञ्चल अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचाररत दुबै जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन रेफर गरिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले जानकारी दिइन् ।

कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहेका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको बताए ।

‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो । शंका लागेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । तर कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उनले भने ।

रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : २५ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिर)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न