पहिलो हप्ता ‘बागी ३’ को कमाइ कति ? « Khabarhub

पहिलो हप्ता ‘बागी ३’ को कमाइ कति ?


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाइगर श्राफ, रितेश देशमुख र श्रद्धा कपूरको शीर्ष भूमिका रहेको फिल्म ‘बागी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।

कोरोना भाइरसका कारण नयाँ फिल्म प्रदर्शन स्थगित भइरहेका बेला टाइगर श्राफको ‘बागी ३’ ले भने राम्रो कमाइ गरेको हो । यतिबेला अन्य ठूला फिल्म कोरोना भाइरसका कारण प्रदर्शनमा आएका छैनन् । यसको फाइदा पनि यो फिल्मलाई पुगेको छ ।

फिल्म दोस्रो हप्तामा प्रदर्शनमा आएसँगै सय करोडको आँकडा छुने धेरैले अनुमान गरेका छन् ।

फिलमले पहिलो हप्ता ९० करोड ७० लाख कमाइ गरेको छ । बलिउड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेका छन् ।

फिल्मले रिलिजको दिन १७ करोड ५० लाख, दोस्रो दिन १६ करोड ३ लाख र तेस्रो दिन २० करोड ३० लाख कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्ममा रोनी र भाइ विक्रमको कहानी छ । कहानीका अनुसार रोनी विक्रमभन्दा उमेरले कान्छा छन् तर विक्रमका साथ छन् । विक्रम समस्यामा परेपछि रोनीले उठाउने जोखिम नै फिल्मको कहानी हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ५६ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर