नापी र मालपोत कार्यालयका कर्मचारी १७ लाख घुससहित पक्राउ « Khabarhub

नापी र मालपोत कार्यालयका कर्मचारी १७ लाख घुससहित पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना लेखापठी व्यवसायी समेत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख भीष्मकुमार भूषालले मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेको पुष्टि गरे ।

उनीहरुलाई बिचौलियामार्फत घुस लिएको अवस्थामा पक्राउ गरिएको भुषालले खबरहबलाई जानकारी दिए ।

‘मालपोत र नापी कार्यालयका कर्मचारीहरु घुससहित पक्राउ परेका छन्,’ अख्तियारको बुटवलस्थित कार्यालयका प्रमुख भूषालले खबरहबसँग भने, ‘हामी अहिले फिल्डमै छौं । घटनाको अनुसन्धान भइरहेको छ । उनीहरुले कुन प्रयोजनका लागि घुस लिएका हुन् भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्छ ।’

अख्तियारको बुटवल कार्यालय स्रोतका अनुसार घुससहित पक्राउ पर्नेमा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहितका कर्मचारी छन् ।

उनीहरुले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै घुस लिएका बुझिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : ३२ बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका