एसईईको परीक्षा केन्द्रमा स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’राख्ने तयारी | Khabarhub Khabarhub

एसईईको परीक्षा केन्द्रमा स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’राख्ने तयारी


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ ।

चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो ।

यहाँ १४ परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रबाट करिब चार हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याडसहितको व्यवस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको सङ्क्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेकाले परीक्षामा विद्यार्थीको बाक्लो उपस्थिति हुने कारणले उपमहानगरपालिकाले परीक्षामा सामेल विद्यार्थीका लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीले प्राथमिक स्वास्थ्य सामग्रीसहितको आवश्यकताअनुसार स्वास्थ्योपचार गरिने जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ । उपमहानगरपालिकाले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेको जनाएको छ ।

नगरका नागरिकलाई आफ्नै वडा र स्थानीयस्तरबाट नै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको बताइएको छ । वडास्तरबाट आम नागरिकले पाउने न्यूनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम गरिएको बताइएको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हटियामा भने चिकित्सक र ल्याबसहितको स्वास्थ्य सेवा दिइएको छ । उपमहानगरपालिका कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई निःशुल्करुपमा मास्क वितरण गर्न थालिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गरेर सेवाग्राहीलाई निःशुल्क मास्क वितरण गर्न शुरु गरिएको जनाइएको छ । कार्यालयको गेटमै सेवाग्राहीलाई मास्क वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४० बजे

एक पत्र- सम्पादकलाई

मणि दाजु,तपाईंले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख

प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू)

मुस्ताङ– प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै

बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा

झापा– झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा

धूमपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत