लोकदोहोरी गायक कटुवाल पुर्पक्षका लागि थुनामा « Khabarhub

लोकदोहोरी गायक कटुवाल पुर्पक्षका लागि थुनामा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कटुवालमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै गत फागुन ५ गते उजुरी परेको थियो । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो ।

५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए । त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो ।

होटल व्यवसायी गुरुङलाई कटुवालले पख्लास् भन्दै थर्काएको र सोही साँझ अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको जनाइएको छ ।

घटनापछि गुरुङकी सोनिकाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४३ बजे

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य

सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौंको माइती घरमा