डिस्चार्ज पछि पनि प्रधानमन्त्री ओली चिकित्सककै निगरानीमा रहने « Khabarhub

डिस्चार्ज पछि पनि प्रधानमन्त्री ओली चिकित्सककै निगरानीमा रहने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली निजी निवासमा हुँदा पनि चिकित्सककै निगरानी रहने भएका छन् ।

फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन पछि (शुक्रबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख तथा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा दिव्य सिंह शाहका अनुसार डिस्चार्ज भएपछि पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित ‘फलो–अप’ गराइरहने छन् ।

प्रधानमन्त्री ओलीले निजी निवासबाटै आफ्नो दैनिक कार्य सञ्चालन गर्न सक्ने डा सिंहले जनाएकी छन् । यद्यपि उनी सामान्य व्यक्ति झै पूर्ण रुपमा सक्रिय हुन भने अझै पनि ६ महिनादेखि १ वर्षसम्म लाग्नसक्ने डा सिंहको भनाइ छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा