तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न मिल्दैन : चिकित्सक « Khabarhub

तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न मिल्दैन : चिकित्सक


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे ।

१२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् ।

फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

तीन महिना एक्सपोज हुन मिल्दैन

चिकित्सकहरुले तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने बताएका छन् ।

अस्पताबाट प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै चिकित्सकले साधारण कामहरु केही दिनपछि गर्न मिलेपनि ‘एक्सपोज’ भएर काम गर्न तीन महिना लाग्ने डा उत्तम कुमार शर्माले बताए ।

‘उहाँको अवस्था जोखिम रहित भन्न सकिदैन, तीन महिना कम्तिमा पनि एक्सपोज भएर काम गर्नु हुँदैन । साधारण काम गर्नु हुन्छ तर तपाई र म जसरी कुरा गर्न मिल्दैन’ उनले भने ।

बालुवाटारमा प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर बसोबासको व्यवस्था मिलाइएको उनले बताए ।

‘बालुवाटारमा उहाँकोलागि हाइजनिक तरिकाको रुम र इन्भायोरमेन्ट मा पनि संक्रमण नहोस्, मिनिमम भन्दा मिनिमम संक्रमण होस्, एकदम केयरफुल्ली रुपमा मिलाइएको छ’ उनले भने ।

औषधिहरु खाइरहेको र शरीर कमजोर भएका कारण किटाणुले आक्रमण गर्न सक्ने भएका कारण गम्भीर बन्नु पर्ने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर