तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न मिल्दैन : चिकित्सक « Khabarhub

तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न मिल्दैन : चिकित्सक


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे ।

१२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् ।

फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

तीन महिना एक्सपोज हुन मिल्दैन

चिकित्सकहरुले तीन महिना प्रधानमन्त्रीले सक्रिय भएर काम गर्न नमिल्ने बताएका छन् ।

अस्पताबाट प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै चिकित्सकले साधारण कामहरु केही दिनपछि गर्न मिलेपनि ‘एक्सपोज’ भएर काम गर्न तीन महिना लाग्ने डा उत्तम कुमार शर्माले बताए ।

‘उहाँको अवस्था जोखिम रहित भन्न सकिदैन, तीन महिना कम्तिमा पनि एक्सपोज भएर काम गर्नु हुँदैन । साधारण काम गर्नु हुन्छ तर तपाई र म जसरी कुरा गर्न मिल्दैन’ उनले भने ।

बालुवाटारमा प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर बसोबासको व्यवस्था मिलाइएको उनले बताए ।

‘बालुवाटारमा उहाँकोलागि हाइजनिक तरिकाको रुम र इन्भायोरमेन्ट मा पनि संक्रमण नहोस्, मिनिमम भन्दा मिनिमम संक्रमण होस्, एकदम केयरफुल्ली रुपमा मिलाइएको छ’ उनले भने ।

औषधिहरु खाइरहेको र शरीर कमजोर भएका कारण किटाणुले आक्रमण गर्न सक्ने भएका कारण गम्भीर बन्नु पर्ने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार