अस्पतालबाट बाहिरिएपछि मुस्कुराउँदै हात हल्लाएर बालुवाटार गए प्रधानमन्त्री ओली (फोटो फिचर) « Khabarhub

अस्पतालबाट बाहिरिएपछि मुस्कुराउँदै हात हल्लाएर बालुवाटार गए प्रधानमन्त्री ओली (फोटो फिचर)


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे ।

१२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् ।

फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

हरियो रंगको ज्याकेट र कटराइज पाइन्टमा अस्पतालबाट बाहिरिएका प्रधानमन्त्री ओलीलाई पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्या सिंह शाह सहित सुरक्षाकर्मीले समाएर बाहिर ल्याएका थिए ।

मुस्कुराउँदै हात हल्लाएर प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गर्नका लागि गाडी चढेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी